बुधबार, असोज २, २०८१

हवानाको होटेलमा भएको विस्फोटमा परि थप १२ जनाको मृत्यु

नेपालखोज २०७९ वैशाख २८ गते १२:५४

हवाना । क्युबाको हवानामा रहेको एक होटेलमा भएको विस्फोटमा परि मृत्यु हुनेको संख्या थप बढेको छ । यहाँका अधिकारीहरुले सो होटेलमा भएको विस्फोटमा परेर मंगलबार थप १२ जनाको ज्यान गएको बताएका छन् । सो विस्फोटमा परेर ३० जनाको ज्यान गएकामा सोमबार र मंगलबार थप १२ जनाको ज्यान गएको बताइएको छ ।

यहाँको जनस्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयले दिएको जानकारी अनुसार यहाँका अरु ९६ जना अझै पनि घाइते भएका छन् । केही दिन अघि सो होटेलमा त्यहाँ रहेको ग्याँस सिलिण्डर विस्फोट भएको थियो ।

सो विस्फोट पछि यहाँ आगलागी पनि भएको थियो । आगलागीबाट होटेलमा क्षति पुगेको छ भने यहाँका कर्मचारीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा अहिलेसम्म ४२ जनाको ज्यान गएको र अरु ९६ जना घाइते भएका छन् ।

ती मध्ये १३ जना युवा र अरु पाँच जना बालबालिका अझै पनि अस्प्ताल भर्ना भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया