बालबालिका र वृद्धवृद्धालाई घरबाहिर ननिस्किन सरकारको आग्रह

नेपालखोज २०७७ भदौ १८ गते ८:३७

काठमाडौं । सरकारले १२ वर्ष मुनीका बालबालिका र ६० वर्ष माथिका जेष्ठ नागरिकलाई घरबाहिर ननिस्किन आग्रह गरेको छ ।

कोरोना संक्रमणको जोखिम १२ वर्ष मुनीका बालबालिका र ६० वर्ष माथिका जेष्ठ नागरिकलाई धेरै हुनेभन्दै सो उमेर समूहका व्यक्तिलाई घरबाहिर ननिस्किन सरकारले आग्रह गरेको हो ।

काठमाडौं जिल्ला प्रशासनले गएराति जारी गरेको विज्ञप्तिमा अत्यावश्यक काम परे पनि १२ वर्ष मुनीका बालबालिका, ६० वर्ष माथिका जेष्ठ नागरिक र दीर्घ रोगीहरुलाई घरबाहिर ननिस्किन भनिएकोछ ।

प्रतिक्रिया