लिपुलेक र कालापानी नेपालका लागि निकै महत्वपुर्ण : मन्त्री ज्ञवाली
नेपालखोज
२०७७ भदौ १८ गते ९:२५
काठमाडौं । परर्राष्ट्रमन्त्री प्रदिप ज्ञवाँलीले सीमा विवाद हल नभएसम्म नेपाल—भारतबीचको सम्बन्धमा असर परिरहने बताएका छन् । नेपालका लागि लिपुलेक र कालापानीको मुद्दा निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै ज्ञवालीले यो देशको सम्प्रभूता र अखण्डतासँग जोडिएको बताए ।
बीबीसी हिन्दीसँग कुराकानी गर्दै मन्त्री ज्ञँवालीले भारतले यो महत्वपूर्ण मुद्दालाई उपेक्षा गरिरहेको बताए । साथै नेपालका लागि यो बिर्सने या पर्दा पछाडि पार्ने मुद्दा नभएको समेत बताए ।
फरक प्रसंगमा मन्त्री ज्ञँवालीले गोर्खा भर्तीसमेत दुवै देशका लागि संवेदनशील विषय रहेको बताउनुभएको छ । अहिले तत्काल यो मुद्धामा के गर्न सकिन्छ भनेर बताउन नसक्ने भन्दै उनले अरु पनि यस्ता कयौँ जटिल मुद्धाहरु रहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया