क्यानले गर्यो मुख्य प्रशिक्षकको खुल्ला दर्खास्त आह्वान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकको लागि खुल्ला दर्खास्त आह्वान गरेको छ । बिहिबार क्यानले मुख्य प्रशिक्षकसहित विभिन्न प्राविधिक कर्मचारी महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकको लागि खुल्ला दर्खास्त आह्वान गरेको हो ।
क्यानले मुख्य प्रशिक्षक १ जना, महाप्रबन्धक १, वित्तीय प्रबन्धक १, व्यवस्थापक १ र प्रदेश प्रशिक्षक ७ जनाको लागि दरखास्त आह्वान गरेको छ । क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) संग समन्व्य गर्दै रिक्त रहेको पदमा बिज्ञापन खुलाएको हो ।
यसअघि असार २६ गते बसेको क्यानको बैठकले एक हप्ता भित्र मुख्य प्रशिक्षकसंगै महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकको लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।
तर आईसीसीको प्रक्रियामा ढिलाई भएको कारण देखाउँदै क्यानले झन्डै डेढ महिनापछि बिज्ञापन खुलाएको हो । इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै सेप्टेम्बर २३ भित्र क्यानमा पत्राचार गरिसक्नु पर्नेछ ।
प्रतिक्रिया