सुन्धारा स्थित काठमाडौं मल भत्किँदा डोजर चालक घाइते

नेपालखोज २०७७ भदौ १८ गते १७:४२

काठमाडौं । सुन्धारा स्थित काठमाडौं मल भत्किदा एक जना घाइते भएका छन् । पहिले गोश्वारा हुलाक कार्यालयको केन्द्रिय कार्यालय रहेको स्थानमा हाल धरहरा पुनर्निर्माणको क्रममा अण्डरग्राउण्ड पार्किङ्ग निर्माण गरिँदै छ ।

सोही पार्किङ्ग निर्माण गर्न लागिएको क्षेत्रमा डोजरले खन्ने क्रममा काठमाडौं मलको दक्षिण तर्फको भाग पुरै विल्डिङ्ग भत्कँदा डोजर चालक घाइते भएका छन् । घाइते चालक २३ वर्षिय विष्णु कुमार साहलाई प्रहरीले उद्धार गरी शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइएको छ । डोजर पूर्ण रुपमा क्षति भएको छ । (फोटो फिचर)

प्रतिक्रिया