स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न पाउने वातावरण बनाउन आग्रह
नेपालखोज
२०७७ भदौ १९ गते ११:१६
काठमाडौं । फोटो पत्रकार क्लबले नेपालका पत्रकारका लागि स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न पाउने वातावरण बनाउन आग्रह गरेको छ । क्लबले एक प्रेस विज्ञप्ति जारी गरी ललितपुरको पुलचोकमा रातो मच्छिन्द्रनाथको रथ तान्न बिहीबार पुलचोकमा भेला भएका स्थानीयवासीको प्रहरीसँग भएको झडपको तस्बिर सङ्कलन तथा सम्प्रेषण गर्न गएका फोटोपत्रकारहरु घाइते भएको जनाएको छ ।
झडपमा एएफपीका प्रकाश माथेमा, एपीका निरञ्जन श्रेष्ठ, अन्नपूर्ण पोस्टका सुनिता डङ्गोल, द हिमालयन टाइम्सका स्कन्द गौतम र प्रतीक रायमाझी घाइते भएका थिए । विज्ञप्ति अनुसार “चौथो अङ्ग मानिएको सञ्चार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न र संयमित भई सहज वातावरण बनाउन पनि सम्बन्धित सबैमा फोटोपत्रकार क्लब नेपाल आग्रह गर्दछ”, भनिएको छ । रासस
सम्बन्धित
प्रतिक्रिया