एनआईसी एशिया बैंकले १९ विद्यालयलाई गर्यो सफ्टवेयर सहयोग
काठमाडौँ । एनआईसी एशिया बैंकले १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन ब्राइट स्कूल सिस्टम नामक सफ्टवेयर सहयोग गरेको छ ।
एनआईसीले प्रदेश ५ स्थित सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकालाई उक्त सफ्टवेयर प्रदान गरेको हो । विद्यालय नीति, सार्वजनिक विदाहरू, विद्यार्थीहरूको गृहकार्य, परीक्षा तालिका, हाजिरी, भुक्तानी सेवा, स्मार्ट कक्षा, अभिभावक मञ्जुरी फारम, रिपोर्ट कार्ड, शुल्क सूची, सार्वजनिक विदाहरू, विद्यार्थीहरूको गृहकार्य, परीक्षा तालिका, खेलकुद कक्षा, सूचनाहरू लगायतका सुविधाहरू उक्त सफ्टवेयरमा रहेका छन् ।
स्थानीय निकायहरूका महाकवि देवकोटा नमुना माध्यमिक विद्यालय, अरनिको माध्यमिक विद्यालय, सार्वजनिक आधारभूत विद्यालय, ज्योति माध्यमिक विद्यालय, रमवापूर माध्यमिक विद्यालय, धन्याञ्चल महायज्ञ माध्यमिक विद्यालय, विरेन्द्र आधारभूत विद्यालय, नवदुर्गा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, प्रगति माध्यमिक विद्यालय, वाकवाणी माध्यमिक विद्यालय, जगन्नाथ माध्यमिक विद्यालय, भगवति माध्यमिक विद्यालय, जनजागृति आधारभूत विद्यालय, जनसेवा माध्यमिक विद्यालय,सोमनाथ आधारभूत विद्यालय, सुनवल आधारभूत विद्यालय, जनता माध्यमिक विद्यालय र जितेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत करिब २५ हजार विद्यार्थी तथा अभिभावकहरू लाभान्वित हुनेछन् ।
प्रतिक्रिया