शुक्रबार, चैत ७, २०८१

भारतमा लगातार दोस्रो दिन १ हजार ९६ जना संक्रमितको मृत्यु

नेपालखोज २०७७ भदौ १९ गते १३:४९

एजेन्सी । भारतमा लगातार दोस्रो दिन ८३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएको छ ।
भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८३ हजार ३४१ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन । यसैगरी, सोही समयमा १ हजार ९६ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

Advertisement

योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख ३६ हजारभन्दा बढी भइसकेको छ भने ६८ हजार ४७२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ८ लाख ३१ हजारभन्दा बढी छ भने ३० लाख ३७ हजार कोरोना संक्रमित निको भएको छ ।

अमेरिकामा ६१ लाख ५० हजारभन्दा बढी संक्रमित छ भने १ लाख ८६ हजारभन्दा बढीको मृत्यु भएको छ । दोस्रो स्थानमा ब्राजिल छ । ब्राजिलमा ४० लाखभन्दा बढी कोरोना संक्रमित छन् भने १ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण अत्यधिक नागरिकको मृत्यु हुने देशको सूचीमा भारत तेस्रो स्थानमा छ ।

प्रतिक्रिया