शुक्रबार, वैशाख १४, २०८१

जिल्लामै पहिलो आइसोलेशन केन्द्र बनाउँदै भागेश्वर

नेपालखोज २०७७ भदौ १९ गते १५:१०

अमरगढी । डडेलधुरा जिल्लामै पहिलो पटक भागेश्वर गाउँपालिकाले आइसोलेशन केन्द्र निर्माण गर्न शुरु गरेको छ । भागेश्वर सदरमुकाम बगरकोटमा २० शययाको आइसोलेशन केन्द्र निर्माण भइरहेको छ ।

एक स्थानीय तह एक आइसोलेशन केन्द्र निर्माण गर्नुपर्ने नेपाल सरकारको प्रावधान अनुसार गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको जनश्रमदानमा केन्द्र निर्माण शुरु गरिएको हो । करीब २० लाखका लागतमा भदौभित्र सम्पन्न गर्ने गरी केन्द्र निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताए ।

आइसोलेसन केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा हुने बताएका छन् । आइसोलेशन वार्ड भनिए पनि बिरामी नभएका समयमा क्वारेन्टिनका रुपमा पनि प्रयोग गरिने गाउँपालिका अध्यक्ष भट्टको भनाइ छ ।

प्रतिक्रिया