शनिबार, जेठ ५, २०८१

थपिए ९१५ संक्रमित, ३०१ जना डिस्चार्ज

नेपालखोज २०७९ साउन १८ गते १६:३३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५९० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै २ हजार ९११ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३२५ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ५ हजार ४३३ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३०१ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ७० हजार ६२५ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ३ प्रतिशत छ ।

प्रतिक्रिया