सोमबार, चैत ३, २०८१

कोरोनासँग लड्न फ्रान्समा एक खर्ब १८ अर्ब डलरको आर्थिक प्याकेज घोषणा

नेपालखोज २०७७ भदौ १९ गते २०:४७

एजेन्सी । फ्रान्समा कोरोना महामारी पुनः देखिने खतरा रहेकै अवस्थामा एक खर्ब १८ अर्ब डलरको विशाल आर्थिक प्याकेज घोषणा गरिएको छ ।

Advertisement

यो रकम रोजगारी सिर्जना, संघर्षरत व्यवसायको पुरुत्थान तथा आर्थिक वृद्धिलाई गति दिन खर्च गरिने सरकारको भनाई छ ।

फ्रान्सेली प्रधानमन्त्री जाँ कास्टेक्सले राहत प्याकेज घोषणा गर्नुअघि नयाँ आर्थिक प्याकेजले अर्को वर्ष एक लाख ६० हजार नयाँ रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरेका छन् ।

प्रस्तावित प्याकेजमा भवनहरुको मर्मतसम्भारदेखि रेलसेवाको ऊर्जा उत्सर्जनमा कटौतीसम्मका योजना समेटिएका छन् ।

प्रतिक्रिया