बुधबार, वैशाख २६, २०८१

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ भदौ २० गते १५:१०

कास्की । गण्डकी प्रदेशमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको आज विहान १० बजेसम्मको अपडेटअनुसार संक्रमण पुष्टि हुनेमा कास्कीका २२ जना छन् भने लमजुङका १७ जना बाग्लुङका ३ जना तथा स्याङ्जा र नवलपरासी पूर्वका १ १ जना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ४४७ पुगेको छ । हालसम्म प्रदेशभर निको हुनेको संख्या १७७३ रहेको छ भने १८ जनाको संक्रमणका कारण ज्यान गएको छ । प्रदेशभर सक्रिय संक्रमितको संख्या ६५६ पुगेको छ ।

प्रतिक्रिया