शुक्रबार, वैशाख १४, २०८१

कोरोना संक्रमितको पहिचान तथा ठेगाना सार्वजनिक नगर्न सर्वोच्चको परमादेश

नेपालखोज २०७७ भदौ २० गते १९:५०

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका तथा संक्रमितहरुको पहिचान तथा ठेगाना सार्वजनिक रुपमा प्रकाशित नगर्न–नगराउन परमादेशको आदेश जारी गरेको छ ।

वैयक्तिक विवरण सार्वजनिक गर्दा जोखिममा रहेका वर्गहरुमाथि हुन सक्ने गलत कार्य तथा लान्छनाबाट जोगाउनु र समाजनमा गलत सूचना जानबाट रोक्नु अत्यावश्यक रहेकाले संक्रमित तथा मृतकको व्यक्तिगत विवरण सार्वजनिक गर्न नहुने सर्वोच्चको फैसलामा उल्लेख छ ।

विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिकाहरु लगायतका सञ्चार माध्यममा कोभिड–१९ का संक्रमित व्यक्तिहरुको सहमति बेगर व्यक्तिगत पहिचान खुल्ने विवरणहरु छाप्ने वा सार्वजनिक गर्ने कार्य बन्द गर्नु गराउनु सर्वोच्चले सरकारका नाममा जारी गरेको परमादेशमा भनिएको छ ।

प्रतिक्रिया