शुक्रबार, वैशाख १४, २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने तयारी

नेपालखोज २०७८ साउन १८ गते ७:५३

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने तयारी गरिएको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारलाई माओवादी केन्द्र, नेकपा (एमाले) नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन गरेको छ । यद्यपी जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ भने नेपाल पक्ष पनि तत्काल सरकारमा जाने अवस्थामा छैन् ।

आज माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएमा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी र जसपालाई समेटेर छिट्टै मन्त्री विस्तार गर्ने आंकलन गरिएको छ । हाल माओवादीको तर्फबाट जनार्दन शर्मा अर्थ मन्त्री र पम्फा भुसाल ऊर्जा मन्त्री भइसकेका छन् ।

प्रतिक्रिया