शुक्रबार, वैशाख १४, २०८१

नेशन्स लिगमा पोर्चुगल, बेल्जियम, फ्रान्स र इंग्ल्याण्डको सुखद सुरुवात

नेपालखोज २०७७ भदौ २१ गते ८:४७

एजेन्सी । युइएफ नेशन्स लिगमा साविक विजेता पोर्चुगलले शानदार सुरुवात गरेको छ । पोर्गुलसँगै फ्रान्स बेल्जियम र इंग्ल्याण्डले पनि विजयी सुरुवात गरेका छन् ।

लिग ए को समूह ३ मा पोर्चुगलले विश्वकप उपविजेता क्रोएसियालाई ४–१ ले पराजित गरेको छ । यस्तै समूहको अर्को खेलमा विश्वकप विजेता फ्रान्सले स्वीडेनलाई १–० ले पराजित गरेको छ ।

यसैगरी लिग ए को समूह २ अन्तर्गत खेलमा बेल्जियमले डेनमार्कलाई २–० ले पराजित गरेको छ । यही समूहको अर्को खेलमा इंग्ल्याण्डले आइसल्याण्डलाई १–० ले परजित गरेको छ ।

प्रतिक्रिया