सुदूरपश्चिमको शासकीय सुधार योजना कार्यदल गठन
नेपालखोज
२०७९ पुष २८ गते २०:३७
काठमाडाैं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदभार ग्रहण गरेका छन् । आज प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर उनले पदभार ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री रावलले पहिलो निर्णयका रुपमा शासकीय सुधार गर्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा ‘सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन’ गरेका छन् ।
कार्यदलले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्नका लागि कार्ययोजना तयार पार्ने जनाइएको छ ।
गठित कार्यदलमा सबै मन्त्रालयका सचिव सदस्य रहेका छन् मुख्यमन्त्री रावलले कार्यदललाई एक साताभित्र प्रतिवेदन तयार पार्न निर्देशन दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया