बिहीबार, वैशाख १३, २०८१

सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घट्यो

नेपालखोज २०७७ भदौ २१ गते १२:३७

काठमाडौँ । साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घटेको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ बढेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपियाँ निर्धारण गरिएको छ ।

गत साताको शुक्रबार भने छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९५ हजार ९ सय रुपियाँ र चाँदी प्रतितोला १३ सय १० रुपियाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा केही दिनदेखि सुनको मूल्य ओरालो लागेको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले बताएको छ ।

प्रतिक्रिया