शनिबार, वैशाख ८, २०८१

कुखुरा पहिला कि अण्डा ?

नेपालखोज २०७७ भदौ २१ गते १२:४०

काठमाडौं । कुराकानीको क्रममा कसैले सबै कुरा मलाई थाहा छ भन्यो भने उसलाई चुप बनाउन हामी यो संसारमा पहिला कुखुरा आयो कि अण्डा आयो भन त भनेर उसको मुख बन्द पाछौं । तर, अव यस्तो प्रश्न नगर्नुहोला किनभने यस्को उत्तर वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् ।

अहिले वैज्ञाकिहरुले पहिला कुखुरा आएको दाबी गरेका छन् । वैज्ञानिकहरूले गरेको अनुसन्धानबमोजिम ओभोक्लाइडिन नामक प्रोटीनबाट अण्डाको खोल बनेको हो र यो प्रोटीनविना अण्डाको निर्माण सम्भव छैन । सबभन्दा महत्त्वपूर्ण कुरा त यो प्रोटीन कुखुरीको गर्भाशयमा मात्र पाइन्छ । त्यहाँ बाहेक शरीरका कुनै पनि भागमा यो प्रोटीन पाउन सम्भव छैन । ओभोक्लाइडिन नामक प्रोटीन कुखुराको गर्भाशयमा मात्र पाइन्छ यसबाट के पुष्टी हुन्छ भने अण्डा बन्न पहिला कुखुरा नै चाहिन्छ ।

यस बारेमा अध्ययन गरेका वैज्ञानिकहरु भन्छन लामो समयदेखि चलिरहेको यो विवाद अब अन्त्य भएको छ । यसलाई प्रमाणित गर्नका लागि पर्याप्त वैज्ञानिक सबूत पनि उपलब्ध भएको उनीहरु बताउँछन् ।

प्रतिक्रिया