बुधबार, जेठ २, २०८१

१० गुणाले पग्लँदै हिमालयको ग्लेसियर !

नेपालखोज २०७८ फागुन ६ गते २०:३९

काठमाडौं । बितेका केही दशकमा हिमालयको ग्लेसियर करिब १० गुणा तीव्र गतिले पग्लिरहेको छ । भनिन्छ बितेका ४०० देखि ६०० वर्षको बीच हिमाली क्षेत्रको ग्लेसियरमा लगभग ४० प्रतिशत नोक्सान भइसकेको छ । यस्तो ग्लेसियर क्षेत्र २८,००० वर्ग किलोमिटरबाट घटेर लगभग १९,६०० वर्ग किलोमिटरमा सीमित भएको छ । तीव्र गतिमा यसरी ग्लेसियर पग्लदा ताजा जल संसाधन तथा महत्त्वपूर्ण सामाजिक-आर्थिक प्रभाव पर्नसक्छ ।

लिड्स विश्वविद्यालयले हालै गरेको एक अध्ययनअनुसार बितेका केही दशकमा हिमालय क्षेत्रको ग्लेसियर १० गुणाले घटेको छ ।
अध्ययनमा विश्वविद्यालयको शोध टिमले १४,७९८ हिमालयका ग्लेसियरको आकार र हिउँ को सतहको पुनर्निर्माण गरेका थिए, किनभने ती हिमयुग अर्थात् लिटिल आइस एजको समयका थिए, जुन ४ सय देखि ७ सय वर्ष पहिलेक‍ो समय हो ।

यसरी पग्लने ग्लेसियरका कारण हिमाली नदीहरुको जल संसाधनमा महत्त्वपूर्ण प्रभाव पर्छ । ग्लेसियर बेसिन जल विज्ञानमा परिवर्तन, तलतिर र तीव्र गतिमा बग्ने पानी, फ्लेस फ्लड तथा गाँजका कारण हुने परिवर्तनको ठूलो प्रभाव जलविद्युत् संयन्त्रमा पर्छ ।

भनिन्छ अहिले ग्लेसियरबाट निर्माण हुने झिलहरुको संख्या र मात्रामा वृद्धि भइरहेको छ । फ्लेस फ्लड र ग्लेसियरको झिल फुटने, बाढीका घटना तथा हिमाली इलाकाको खेती प्रभावित हुनुमा तीव्र गतिमा पग्लिरहेको ग्लेसियर नै जिम्मवार छ । नेपालको हिमाली भाग ग्लेसियरले ढाकेको थियो भने भारतको जम्मु र कश्मीर, लद्दाख, हिमाञ्चल प्रदेश, उत्तराखण्ड, सिक्किम तथा अरुणाचल प्रदेशलगायत चीनको तिब्बत एवं पाकिस्तानी क्षेत्रमा पनि यस्तो ग्लेसियर पाइन्छ । ग्लेसियरमा हुने परिवर्तनले यो क्षेत्रमा बग्ने नदीहरुमा सोझो प्रभाव पार्दछ ।

प्रतिक्रिया