शुक्रबार, वैशाख १४, २०८१

दमकमा क्लब हिमालयनको ‘मोबाइल फूड बैंक’ सञ्चालनमा

नेपालखोज २०७७ भदौ २१ गते १४:०९

काठमाडौं । झापाको दमकस्थित क्लब हिमालयन टाइगरले मोबाइल फूड बैंक सञ्चालनमा ल्याएको छ । भदौ ११ गतेबाट शुरू भएको फूड बैंकबाट ४ सय परिवारलाई दाल, चामल, नुन, तेल, मसला, चिउरा, सोयाविन, भुजालगायतका खाद्यान्नका सामग्री वितरण गरिएको अध्यक्ष क्लबका अध्यक्ष रेवतचन्द्र भण्डारीले बताए ।

कोरोना महामारीका कारण लगाइएको लकडाउन र निषेधाज्ञाका कारण विपन्न वर्गलाई बिहान–बेलुका हातमुख जोर्न पनि समस्या भइरहेका बेला क्लबले उनीहरूको टोलटोलमै पुगेर खाद्यान्न उपलब्ध गराउन शुरू गरेको हो । शुरूमा दमकस्थित चोकमा राखेर वितरण गर्न थालिएको खाद्यान्नका सामान हाल विपन्न नागरिकहरू रहेका विभिन्न टोलटोलमा पुर्याएर मोबाइल फूड बैंक सञ्चालन गरिएको भण्डारीले जानकारी दिए ।

क्लबलाई दाताहरूले खाद्यान्न तथा नगद उपलब्ध गराएर सहयोग गरिरहेको जानकारी दिए । क्लबले महिलाका लागि स्यानिटरी प्याड पनि वितरण गरिरहेको छ । केही समयअघिको लामो लकडाउनको अवधिमा पनि क्लबले विभिन्न स्थानमा पुगेर राहत वितरण गरेको थियो ।

प्रतिक्रिया