शुक्रबार, वैशाख १४, २०८१

आइपिएल : उद्घाटनमा चेन्नई र मुम्बई भिड्ने

नेपालखोज २०७७ भदौ २१ गते १९:१९

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को खेल तालिका सार्वजनिक भएको छ । आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरव इमिरेट्स (यूएई) मा हुनेछ ।

आइपिएलको उद्धघाटन खेलमा सेप्टेम्बर १९ मा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ ः ४५ पछि सुरु हुनेछ । आइपिएलमा १० दिन दुई खेल हुनेछन् । अन्य सबै दिन एक खेल हुने छ । खेल नेपाली समय दिउँसो ३ स् ४५ र साँझ ७ः४५ देखि सुरु हुने छन् । दुबईमा २४, आबूधाबीमा २० र शारजाहमा १२ खेल हुने छन् ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सम्मिलित दिल्ली क्यापिटल्सले पहिलो खेल सेप्टेम्बर २० मा किंग्स इलेभेन पञ्जावविरुद्ध खेल्दै सुरुवात गर्ने छ ।

सेप्टेम्बर २१ मा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुने छ । सेप्टेम्बर २२ मा राजस्थान रोयल्सले चेन्नईसँग खेल्ने छ । लिग चरणको अन्तिम खेल नोभेम्बर ३ मा हैदराबाद र मुम्बई भिड्ने छन् । प्ले अफ र फाइनल खेलेको स्थान पछि सार्वजनिक हुने छ ।

प्रतिक्रिया