सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश
नेपालखोज
२०७९ माघ १९ गते १७:५३

काठमाडाैं । पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । नाबालिग किशोरी बलात्कारको अभियोग लागेका लामिछाने धरौटीमा छाड्ने आदेशपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएसँगै टिममा समावेश भएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा नाबालिग बालिकालाई जबरजस्तीकरणीको मुद्दा विचाराधीन छ । जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशलाई उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया