बिहीबार, वैशाख १३, २०८१

जापानमा शक्तिशाली आँधी आउने भन्दै सावधानी अपनाउन आग्रह

नेपालखोज २०७७ भदौ २१ गते २०:४१

एजेन्सी । जापानको दक्षिणी भाग तर्फ आउँदै गरेको हेसन नामको शक्तिशाली आँधीले जनजीवन प्रभावित पार्ने भएपछि सावधानी अपनाइएको छ ।

भारी वर्षासँगै आउने उक्त आँधीले उच्च ज्वारभाटा सहित समुद्री सतह बढाउने आंकलन गरिएको छ । स्थानीय अधिकारीले प्रभावित हुनसक्ने स्थानका १ लाख परिवारलाई सुरक्षित स्थानतर्फ सारेका छन् ।

ओकिनावा, कागोसिमा, कुमामोटो र नागासाकीमा यसले धेरै प्रभाव पार्ने अग्नी तथा प्रकोप एजेन्सीले जनाएको छ । आँधीले ओकिनावामा ३ हजार घरको बत्ती समेत काटिसकेको छ ।

यससँगै ओकिनावा र दक्षिणी जापानका विमानस्थलबाट छुट्ने तयारीमा रहेका ५ सय भन्दा धेरै उडान रद्द गरिएको छ ।

प्रतिक्रिया