शनिबार, वैशाख ८, २०८१

बाजुराको पूर्वाेत्तर क्षेत्रमा खाद्यान्न संकट सुरु

नेपालखोज २०७७ भदौ २१ गते २०:५४

बाजुरा । बाजुराको पूर्वाेत्तर क्षेत्रमा खाद्यान्न संकट सुरु भएको छ । त्यस क्षेत्रका स्वामीकार्तिक खापर, हिमाली र जगन्नाथ गाउँपालिका तथा बूढीनन्दा नगरपालिकामा खाद्यान्न संकट सुरु भएको हो ।

खाद्य संकटलाई मध्यनजर गर्दै विपद्मा परेकालाई राहत दिन खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडका डिपोमा २ सय क्विन्टल चामल पठाइएको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडको कोल्टी डिपो र कवाडी डिपोमा दुई महिनादेखि खाद्यान्न मौज्दात शून्य भएपछि २ सय क्विन्टल चामल कोल्टी पठाइएको हो ।

कोरोनाका कारण भारत र जिल्लाबाहिर रहेका जनशक्ति जिल्लामा भित्रिएसँगै जेठको दोस्रो साताबाट ती डिपोमा चामल सकिएको हो । लिमिटेडको क्षेत्रीय कार्यालय धनगढीबाट समयमै चामल नपठाइएकाले यो समस्या आएको स्थानीयले बताएका छन् ।

अहिले बाजुरा आउने बाटो बिग्रेका कारण हवाईबाहेक स्थलगत ढुवानीको विकल्प नहुँदा त्यस क्षेत्रमा खाद्यान्नको समस्या भएको हो ।

प्रतिक्रिया