शुक्रबार, चैत १६, २०८०

सुदूपश्चिममा पनि आजदेखि प्लाज्मा थेरापी विधिबाट उपचार शुरु

नेपालखोज २०७७ भदौ २१ गते २१:२६

काठमाडौं । सुदूरपश्चिम स्थित सेती प्रादेशिक अस्पतालमा पहिलो पटक आजदेखि प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ ।

अस्पतालको आइसोलेसनमा रहेकी धनगढी उपमहानगरपालिका– ५ की ५७ वर्षीया महिलाको प्लाज्मा थेरापी विधिबाट उपचार भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

प्लाज्मा थेरीपी गर्न कोरोना सङ्क्रमित व्यक्ति ठीक भई पिसीआर रिपोर्ट नेगेटिभ आइसकेपछि उसको शरिरमा एक खालको एन्टीबडी बनेको हुन्छ र उसको प्लाज्मा सङ्क्रमित व्यक्तिमा ट्रान्समिट गरे त्यसले कोरोना भाईरसलाई न्युटिलाइज गर्ने भन्ने सिद्धान्त रहेको बताइएको छ ।

यस विधिबाट उपचार गर्नका लागि कोभिड–१९ मुक्त भइसकेको व्यक्तिले रगतदान गर्नुपर्ने हुन्छ र सो रगतबाट नै प्लाज्मा तयार पारेर बिरामीको उपचार गरिने बताइएको छ ।

प्रतिक्रिया