बुधबार, वैशाख १२, २०८१

बिहीबार १० अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब बढीको कारोबार

नेपालखोज २०७७ साउन ८ गते १५:३६

काठमाडौं । साताको अन्तिम बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.१३ प्रतिशतले बढेको छ ।

कारोबारको शुरुवातको चरणमा ओरोलो लागेको परिसूचक अन्तिम समयमा नेप्से परिसूचक १०.१३ अंकले उकालो लागेर बन्द भएको हो ।

१४३३.२५ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आउदाँ १४४२.६२ को बिन्दुमा पुगेर बन्द भयो । सेन्सेटीभ सूचक पनि ०.७४अंकले बढेको लागेको छ ।

त्यस्तै, कारोबारका लागी आएका १ सय ८७ कम्पनीको ३३ लाख ९२ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

१२ उपसूचक मध्य १० उपसूचक बढे्का छन्, भने विकास बैंक र म्युचुअल फण्ड घटेका छन् ।

प्रतिक्रिया