शुक्रबार, चैत १६, २०८०

लक्ष्मी इक्वीटी फण्डको लाभांश सुरक्षित गर्ने सोमवार अन्तिम दिन

नेपालखोज २०७७ भदौ २२ गते १३:३३

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने भदौ २२ गते सोमवार अन्तिम दिन रहेको छ । यस योजनाले प्रस्तावित लाभांश प्रयोजनका लागि भदौ २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसर्थ बुक क्लोजको आधारमा भदौ २२ गतेसम्म नेप्से र सिडिएससीको प्रणालीमा कारोबार भई कायम रहेको इकाईधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

यस योजनाले आर्थिक वर्ष २०७६/७७ को लागि ४ दशमलव २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल लिमिटेडको भदौ १२ गतेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको थियो । योजनाले रू. १२ करोड ५० लाख बराबरको इकाई विक्री गरेको थियो ।

प्रतिक्रिया