बिहीबार, वैशाख १३, २०८१

१ सय २० मा शिव श्री हाइड्रोको सेयर कारोबार

नेपालखोज २०७७ कार्तिक १३ गते ११:५३

काठमाडौं । शिव श्री हाइड्रोपावरको सेयर प्रतिकित्ता १२० रुपैयाँमा कारोबार भएको छ । सार्वजनिक निष्काशन (आईपीओ) गरेको १ बर्षपछि नेप्सेमा सुचिकृत भएर कारोबार भएको उक्त कम्पनीको सेयर बिहिबार प्रतिकित्ता १२० रुपैयाँमा कारोबार खुला भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कार्तिक ७ गते सूचीकृत भएको सो कम्पनीको ओपन रेन्ज न्यूनतम १०० देखि अधिकतम ३०० रुपैयाँसम्म पाएको थियो । तर, बिहीबार कारोबार हुँदा प्रतिकित्ता १२० रुपैयाँमा मात्रै खरिदबिक्री हुन पुग्यो ।

शिव श्री ले २०७६ असोज १६ देखि कार्तिक १५ गतेसम्म सर्वसाधारणका लागि ३३ करोड ५१ लाख १४ हजार रुपैयाँको ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ जारी गरेको थियो । न्यून मूल्यमा कारोबार भएको सो कम्पनीको सेयर केही समयमै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया