शुक्रबार, वैशाख १४, २०८१

कांकडभिट्टा- इनरुवा रेल मार्गको विवादित ठेक्का स्थगित

नेपालखोज २०७७ भदौ २३ गते ९:४४

काठमाडौं । सर्वत्र चर्को आलोचना भएपछि सरकारले पूर्व-पश्चिम रेलमार्गको कांकडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित गरेको छ ।

रेल विभागले आज सार्वजनिक सूचना जारी गर्दै रेलमार्गको ठेक्का स्थगित गरिएको जानकारी दिएको हो । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटर रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।

रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेपछि चर्को आलोचना हुँदै आएको थियो ।

बोलपत्र मूल्यांकन समितिले कोरोना महामारी र जग्गा प्राप्ति तथा ‘साइट क्लिरेन्स’ तत्काल हुन नसक्ने भएकाले बोलपत्र सकार्न नसकिने राय दिएपछि विभागले ठेक्का रद्द गरेको स्रोतले जनाएको छ ।

विभागको कानून र लेखा शाखाले पनि ठेक्का प्रक्रिया रद्द गर्ने राय महानिर्देशकलाई दिएका थिए । ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया सुरु गरेपछि त्यसको सर्वत्र आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया