रिलायन्स लाइफको शेयर कारोबार सुरु, प्रि ओपनिङ सेसनमा ५० कित्ता शेयर कारोबार
नेपालखोज
२०७७ भदौ २३ गते ११:५९
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार मंगलवारदेखि सुरु भएको छ । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीले २ करोड १० लाख कित्ता शेयर सूचीकृत गराएको थियो । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०७ रूपैयाँ ५९ पैसा देखि ३२२ रूपैयाँ ७७ पैसासम्मको मूल्य रेञ्ज तोकेको थियो ।
कम्पनीको स्पेशल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता रू. ३२२ मा ५० कित्ता शेयर कारोबार भएको हो । प्रि ओपनिङ सेसनमा कारोबार भएसँगै नियमति सेसनमा कम्पनीको कारोबार सुरु भएको हो । नियमित सेसनको कारोबारमा कम्पनीको शेयर खरिदमा उच्च माग देखिएको छ भने विक्री कर्ता आएका छैनन् । ११ बजेर ४१ मिनेटसम्म १९ लाख ७ हजार ६०७ कित्ता शेयर खरिदको माग रहेको हो । यो शेयर खरिदका लागि रू. ३२४ देखि रू. ३२८ सम्मको मूल्यमा खरिद अर्डर राखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया