शुक्रबार, वैशाख ७, २०८१

बजार घट्ने क्रम जारी, मंगलबार एक घण्टामा ८.०२ अंक घटेर १ हजार ४७९ दशमलव ७९ विन्दुमा नेप्से

नेपालखोज २०७७ भदौ २३ गते १२:१३

काठमाडौं । भदौ १८ गते बिहीवारदेखि ओरोलो लागेको नेप्से भदौ २३ गते मंगलवार पनि घट्ने क्रम जारी रहेको छ । कारोबार खुला भएको एक घण्टामा ८ दशमलव शून्य २ अंक घटेर परिसूचक १ हजार ४७९ दशमलव ७९ विन्दुमा झरेको छ । यो अवधिसम्म ठुला कम्पनीहरुको मात्र कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ४८ अंक घटेर २९७ दशमलव १६ विन्दुमा झरेको छ ।

एक घण्टामा १६० कम्पनीको ४ हजार ८०८ पटकको व्यापारमा ३२ करोड ७२ लाख १३ हजार रूपैयाँ बराबरको ७ लाख १७ हजार ५११ कित्ता शेयर खरिद विक्री भएको छ । मंगलवार पनि सर्वाधिक कारोबार रकमको पहिलो स्थान नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्नपीको ८ करोड ८० लाख ९२ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । एक घण्टाको कारोबारमा १२ समूहको परिसूचकमध्य व्यापारिक समूहको १ दशमलव ८९ प्रतिशत, वित्त समूहको शून्य दशमलव १२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । यस अवधिसम्म सबैभन्दा बढी जलविद्युत समूहको १ दशमलव २७ प्रतिशतले परिसूचक घटेको छ ।

प्रतिक्रिया