मंगलबार, वैशाख ११, २०८१

७.३३ अंक माथि उक्लियो बजार, तीन घण्टामा १ अर्ब १५ करोडभन्दा बढीको कारोबार

नेपालखोज २०७७ भदौ २३ गते १४:२०

काठमाडौं । मंगलवार तीन घण्टाको कारोबार अवधिसम्म आईपुग्दा नेप्से परिसूचक ७ दशमलव ३३ अंकले उकालो लागेको छ । अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार तीन घण्टाको कारोबार अवधिमा शून्य दशमलव ४९ प्रतिशत बढेको हो ।सोमवार शेयर बजार १२ दशमलव १७ अंक घटेर १ हजार ४८७ दशमलव ८१ विन्दुमा झरेको थियो । मंगलवार २ घण्टा ४२ मिनेटको कारोबार अवधिसम्म बजार घटिरहेको थियो । त्यसपछि बजार उकालो लाग्न सुरु गरेको हो । यो अवधिमा ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव शून्य ८ अंक बढेर २९९ दशमलव ७२ विन्दुमा पुगेको छ ।

तीन घण्टामा १८७ कम्पनीहरुको १५ हजार ७०६ पटकको व्यापारमा १ अर्ब १५ करोड ४९ लाख ५३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बराबरको २७ लाख ३९ हजार ४५६ कित्ता शेयर कारोबार भएको हो । यो अवधिसम्म कारोबारमा आएका १२ समूहमध्य बैंकिङ समूहको शून्य दशमलव शून्य ६ प्रतिशत र होटल समूहको शून्य दशमलव ५८ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । सबैभन्दा बढी परिसूचक यस अवधिमा उत्पान तथा प्रशोधन समूहको २ दशमलव ४५ प्रतिशतले बढेको छ । सर्वाधिक रकमको कारोबार गर्न सफल नेपाल पुनर्बीमा कम्पनीको तीन घण्टामा २० करोड ६२ लाख ८४ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।

प्रतिक्रिया