मंगलबार, वैशाख ११, २०८१

कर भुक्तान गर्न सरकारले दिएको दबाबप्रति कांग्रेसको ध्यानाकर्षण

नेपालखोज २०७७ भदौ २३ गते २०:४८

काठमाडौं । सरकारले उद्योग, व्यवसायी र करदातालाई कर भुक्तानी गर्न दबाब दिएकोमा कांग्रेसको उद्योग तथा व्यापार विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भदौ ४ गतेदेखि देशको राजधानी तथा अधिकांश प्रमुख शहरहरुमा जारी निषेधाज्ञाका कारण सम्पूर्ण कलकारखाना, उद्योग धन्दादेखि सम्पूर्ण कार्यालय बन्द रहेको अवस्थामा सरकारले कर भुक्तानी गर्न दबाब दिएकोप्रति कांग्रेसको उद्योग तथा व्यापार विभागले गम्भीर ध्यानाकर्षण गराएको छ ।

एकातिर महिनाभार आवागमनमा रोक लगाउने अर्कोतर्फ मसान्त सकिनै लाग्दा केबल कर उठाउनका लागि मात्रै यही भदौ २३, २४ र २५ गते तीन दिन बैंकहरु खुला गर्न र २५ गतेभित्रै कर विवरण तथा कर भुक्तानी गर्न दबाब दिँदै अन्यथा नियमअनुसार जरिवाना लिने सरकारी हठ जनविरोधी र अव्यवहारिक भएको ठहर कांग्रेसले गरेको छ- जारी विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै, सरकारले निषेधाज्ञाको समयमा पनि कर दाखिला गर भनि दिएको अव्यवहारिक उर्दिले आम करदाता रव्यवसायीलाई गर कि मर को व्यवहार गरिनु घोर निन्दनीय कदम मात्रै नभइ यसअघि सर्वोच्च अदालतले जारी गरेको आदेशको विरुद्ध रहेको पनि कांग्रेसले बताएको छ ।

कुनै पनि लोकतान्त्रिक मुलुकमा जनता संकटमा पर्दा त्यस देशको लोक कल्याणकारी राज्यले अभिभावकीय भूमिका निर्वाह गर्ने आशा र भरोसा आम जनताले गर्ने गरेको भएपनि सरकारले आम जनतादेखि उद्योग, व्यवसायीहरुलाई संकटबाट पार लगाउने भन्दा आलो घाउमा नूनचूक छर्ने कार्य गरेको कांग्रेसको ठहर छ ।

यस्तो अव्यवहारिक, अलोकतान्त्रिक र व्यवसायी विरोधी निर्देशन सच्याएर निषेधाज्ञा पछि १ महिनाभित्र कर तिर्ने व्यवस्था मिलाउन कांग्रेसले माग गरेको छ ।

 

प्रतिक्रिया