शुक्रबार, वैशाख ७, २०८१

भिम रावल माओवादी केन्द्रको बैठकमा पनि

नेपालखोज २०७७ फागुन २९ गते ११:१८


काठमाडौं । नेकपा एमाले नेता भीम रावल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको बेला पेरिसडाँडा पुगे।

रावल पेरिसडाँडास्थित माओवादी कार्यालयमा बिहान ९ः३० बजे पुगेका हुन् । माओवादी केन्द्रको स्थायी समिति बैठक ९ बजेबाट सुरु भएको थियो । ९ः३० बजे रावल माओवादी केन्द्रको बैठकमा सामेल भएका थिए ।

माओवादी केन्द्रको बैठकमा रावलले के संवाद गरे भन्ने विषय बाहिर आएको छैन । रावल १० बजे पेरिसडाँडा बाट बाहिरिएका थिए ।

उनले अन्दाजी आधा घण्टा माओवादी केन्द्रको बैठकमा बिताएका हुन् । पेरिसडाँडाबाट बाहिरिँदै गर्दा रावलले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिएनन् । उनले पेरिसडाँडामा के के कुरा राखे भन्ने बाहिरिएको छैन ।

प्रतिक्रिया