शुक्रबार, वैशाख १४, २०८१

यी हुन् थकाइ कम गर्ने तरिका

नेपालखोज २०७७ भदौ २४ गते ५:२५

१. शरीरमा उर्जाको कमीले थकाइ महसुस हुन्छ । त्यसलाई कमगर्न प्रशस्त मात्रामा प्रोटीनयुक्त खानामा खानु आवश्यक हुन्छ ।

२. दिनभर थोरै थोरै पानी पिउनु तथा कुनै तरल पदार्थ पिउनाले शरीरका हानीकारक तत्व बाहिर निस्कन्छ र शरीरमा शक्ति पैदा हुन्छ । यसले थकाइ कम गर्न मद्दत गर्छ ।

३. प्रशस्त मात्रामा कार्बोहाइड्रेटयुक्त खानाको सेवन गर्नाले शरीरमा थकाइ महसुस कम हुन्छ । साथै मौसम अनुसारका फलफूल पनि सेवन गर्नु पर्छ ।

४. दुधसंग मह मिलाएर पिउनाले शरीरमा शक्ति पैदा गर्छ र थकाइ लाग्नबाट बचाउँछ ।

५. दैनिक रुपमा ७र८ घण्टा निदाउनु जरुरी हुन्छ । निन्द्राले शरीरलाई सक्रिय राख्न मद्दत गर्छ गर्छ र थकाइ लाग्नबाट जोगाउँछ । नियमित रुपमा सुत्नाले शरीरका हरेक भागहरुले आराम पाउँछन् र मस्तिष्कलाई पनि केही समयको बिश्राम मिल्छ ।

प्रतिक्रिया