शुक्रबार, चैत १६, २०८०

उपत्यका निषेधाज्ञा : मोडालिटी परिवर्तन गर्नेबारे आज निर्णय हुने

नेपालखोज २०७७ भदौ २४ गते ६:४४

काठमाडौं । दिनदिनै कोरोना भाइरस (कोभिड(१९) संक्रमित बढ्दै जना थालेपछि त्यसको रोकथामका निम्ती काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

लोमो समयसम्मको निषेधाज्ञाका कारण नागरिकको जनजीवन कष्टकर बन्न थालेपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने भएको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदै छ ।

निषेधाज्ञा थप गर्ने वा खुकुलो पार्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखबीच छलफल भएको थियो । मंगलबारको बैठकमा विभिन्न विकल्पमाथि छलफल भएको एक सुरक्षा अधिकारीले जानकारी दिए ।

बैठकमा सहभागी ति सुरक्षा अधिकारीकाअनुसार उपत्यकामा निजी सवारी साधन जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्ने, निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्नेगरी निषेधाज्ञाको मोडालिटी परिवर्तन हुन लागेको हो ।

उपत्यकामा तीन सातासम्म निषेधाज्ञा हुँदासमेत संक्रमण कम हुन नसक्दा यसको समय बढाउनुपर्ने राय सीडीओले सार्वजनिक गर्दै आएका थिए । मंगलबारको बैठकमा भएका छलफलको निर्णय भने आज हुनेछ । छलफलको निष्कर्षपछि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओले सूचना सार्वजनिक गर्नेछन् ।

प्रतिक्रिया