शनिबार, कार्तिक ६, २०७८

अक्सफोर्ड विश्वविद्यालयको कोरोना खोप परीक्षण स्थगित

नेपालखोज २०७७ भदौ २४ गते ८:४०

एजेन्सी ।अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाएका एक व्यक्ति बिरामी परेपछि क्लिनिकल परीक्षण स्थगित भएको छ ।

खोपको तेस्रो चरणको परीक्षणमा विश्वविद्यालयले विश्वका विभिन्न ठाउँमा गरी झण्डै ३० हजार मानिसलाई सहभागी गराएको थियो । तीमध्ये एक जना बिरामी परेपछि सबै ठाउँमा भइरहेको परीक्षण रोकेर स्वतन्त्र जाँचको तयारी थालेको बीबीसीले जनाएको छ ।

जाँचपछि सुरक्षा मानकको समिक्षा गरेर मात्रै परीक्षण पुनः शुरु गर्ने वा नगर्ने निर्णय हुनेछ । यो घटनाले सबैभन्दा पहिले प्रयोगमा आउने र सुरक्षित हुने ठानिएको खोपको परीक्षण नै स्थगित भएपछि कोरोना विरुद्धको अभियानमा धक्का लागेको बीबीसीले जनाएको छ ।

अहिले विश्वभरमा झण्डै एक दर्जन ठाउँमा कोरोना विरुद्धको खोपको परीक्षण भैरहेको छ । तीमध्ये सबैभन्दा अगाडि अक्सफोर्ड विश्वविद्यालयको परीक्षण रहेको छ । अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको तेश्रो परीक्षण चल्दै थियो । यो परीक्षण सफल भएमा उत्पादनमा जान सकिने खबरमा उल्लेख छ । तर खोप लिएका एक व्यक्ति बिरामी परेपछि परीक्षण नै स्थगित भएको छ ।

प्रतिक्रिया