मंगलबार, चैत ६, २०८०

साउदी रियाल एककाे खरिददर ३३ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३३ रूपैयाँ ७५ पैसा

नेपालखोज २०७९ असार १६ गते ९:१६

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६५ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रुपैयाँ २५ पैसा रहेको बैंकले जनाएकाे छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५४ रुपैयाँ २० पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी यान १० काे खरिददर ९ रूपैयाँ २४ पैसा रहेकाे छ भने बिक्रीदर ९ रूपैयाँ २८ पैसा रहेकाे छ । यसैगरी साउदी रियाल एककाे खरिददर ३३ रूपैयाँ ५९ पैसा रहेकाे छ भने, बिक्रीदर ३३ रूपैयाँ ७५ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

प्रतिक्रिया