बिहीबार, वैशाख १३, २०८१

सुदूरपश्चिमका ९ क्याम्पसको स्तरोन्नति गरिँदै

नेपालखोज २०७७ भदौ २४ गते ९:४५

कैलाली । सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तीमा एउटा क्याम्पसलाई नमूना क्याम्पसको रूपमा स्तरोन्नति गर्न लागिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले नमूना क्याम्पसको रूपमा स्तरोन्नतिका लागि प्रदेशका सबै ९ जिल्लामा एक\एकओटा क्याम्पस छनोट गरेको छ । छनोट भएका क्याम्पसमा कैलालीको घोडाघोडी, कञ्चनपुरको महाकाली, डोटीको केदारज्योति कुञ्ज र डँडेलधुराको त्रिवेणी बहुमुखी क्याम्पस छन् ।

त्यस्तै बैतडीको जगन्नाथ, दार्चुलाको दार्चुला, बझाङको सुनकुडा, बाजुराको बाजुरा र अछामको अछाम बहुमुखी क्याम्पसलाई पनि नमूना क्याम्पसको रूपमा स्तरोन्नतिका लागि छनोट गरिएको छ ।

मन्त्रालयको उच्च शिक्षा शाखाका अधिकृत जयदेव महराले जिल्लामा सञ्चालित क्याम्पसमध्ये कम्तीमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रूपमा स्तरोन्नति गर्न विश्वविद्यालय आयोगले बनाएको मापदण्ड, तोकिएका ५८ ओटा विभिन्न सूचकहरू र क्याम्पसले भरेको स्वमूल्यांकन फारामका आधारमा छनोट गरिएको बताए ।

प्रतिक्रिया