बिहीबार, चैत १५, २०८०

अवैध ओसारपसारमा संलग्न गाडी नियन्त्रणमा

नेपालखोज २०७७ भदौ २४ गते ११:३९

नुवाकोट । नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा लगाइएको प्रतिबन्धको समयमा अवैधरूपमा ओसारपसारमा संलग्न गराइएको गाडीलाई प्रहरीले कारवाहीको लागि नियन्त्रणमा लिएको छ ।

बेलकोटगढी नगरपालिका–७ मकैघारीस्थित त्रिशूली नदी किनारमा अवैधरूपमा उत्खनन गरिएको बालुवा लोड गरिरहेको अवस्थामा सात टिपर र तीनवटा मिनीट्रकलाई नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कानूनअनुसार असार १ देखि भदौ मसान्तसम्म (तीन महिना) नदीजन्य पदार्थको उत्खनन तथा सङ्कलन गर्न प्रतिबन्ध लगाइएको छ । यसअघि पनि प्रतिबन्धमा अटेर गर्ने एक दर्जनभन्दा बढी ढुवानी साधन कारवाहीमा परिसकेका छन् । लुकीछिपी बालुवा उत्खननमा संलग्न दुई स्काभेटर, १३ टिपर, दुई आइचर र दुईवटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ । यो आवमा रु चार लाख १५ हजार जरिवाना असुल भइसकेको प्रहरीले जनाएको छ ।

गत वर्ष अवैध ओसारपसारमा संलग्न सवारी साधनको कारवाहीबाट रु १७ लाख ६५ हजार राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया