बुधबार, वैशाख १२, २०८१

१५०० विन्दुमा पुग्यो नेप्से, तीन घण्टामा एक अर्बमाथिको कारोबार

नेपालखोज २०७७ भदौ २४ गते १४:१९

काठमाडौं । साताको चौथो कारोबारकाे दिन बुधवार तीन घण्टाको कारोबारमा नेप्से परिसूचक १५ सय विन्दुमा पुगेको छ । यस अवधिमा ५ दशमलव ६१ अंकले बढेर नेप्से परिसूचक १ हजार ५०० दशमलव ७६ विन्दुमा पुगेको हो । यस अवधिसम्म १८७ कम्पनीको १२ हजार ७४७ पटकको व्यापारमा १ अर्ब ७ करोड ११ लाख ७२ हजार रुपैयाँ बराबरको २२ लाख ३५ हजार ४५७ कित्ता शेयर कारोबार भएको छ ।

यस अवधिमा कारोबारमा आएका १२ समूहमध्य व्यापारिक समूहको ३ दशमलव ३७ प्रतिशत, निर्जीवन बीमा समूहको २ शमलव ६९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४९ प्रतिशत, अन्यको १ दशमलव शून्य ६ प्रतिशत, लघुवित्तको १ दशमलव ४२ प्रतिशत, जीवन बीमा समूह शून्य दशमलव ७७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २९ पू्रतिशत परिसूचक बढेको छ ।

तीन घण्टाको अवधिमा बैंकिङ समूहको शून्य दशमलव ३३ प्रतिशत, होटल समूहको शून्य दशमलव ६१ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ६३ प्रतिशत र वित्त समूहको शून्य दशमलव १ प्रतिशत परिसूचक घटेको छ । बुधवार तीन घण्टामा नागरिक लगानीकोषको सर्वाधिक ११ करोड ९३ लाख ४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया