शुक्रबार, वैशाख १४, २०८१

उपत्यका निषेधाज्ञा : भोलिदेखि व्यापार व्यवसाय खुल्ला, यातायातमा जोरबिजोर लागू

नेपालखोज २०७७ भदौ २४ गते १७:१४

काठमाडौं । भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा यातायात र व्यापार व्यवसाय क्षेत्रका लागि भोलीदेखि खुल्ने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालकाअनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको छ । अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरिररहेका छन् । व्यापार व्यवसाय खोल्न दिने शर्तहरु बारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने दाहालले बताउनुभएको छ ।

तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् । उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि आज राति मध्यरातसम्म रहेको छ ।

प्रतिक्रिया