शनिबार, कार्तिक ६, २०७८

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

नेपालखोज २०७७ भदौ २४ गते १७:१८

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । यस्तै, बुधबार नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा‍. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

संक्रमितमध्ये ३३ हजार ८८२ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर ९१८ जना घर फर्किएका छन् ।

प्रतिक्रिया