शुक्रबार, माघ २५, २०८१

आजको प्रमुख हेडलाइन

नेपालखोज २०८१ माघ २२ गते १८:५५

-देवघाटधाममा महामहोत्सव, भक्तजनको भीडले पुल चुँडिने जोखिम ।
– आज विश्व क्यान्सर दिवस मनाईयो ।
– देशभर १० देखि १४ वर्षसम्मका १७ लाख किशोरीलाई आजदेखि निःशुल्क ‘एचपीभी’ खोप लगाईदै ।
– बेलायतका राजकुमार तथा राजकुमारी निजी भ्रमणमा नेपालमा ।
– गण्डकी प्रदेशले प्रदेश स्थापना दिवस मनायो , आज सार्वजनिक बिदा ।
– वाग्मती प्रदेशसभाद्वारा सर्वदलीय बैठक आह्वान ।
– उपेन्द्रलाई सरकारमा भित्र्याउने बालुवाटारको तयारी , प्रधानमन्त्री गृहकार्यमा ।
– साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा -सभापति रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता ।
– इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए ।
– पाथीभरा केवलकार निर्माण विवादमा सङ्घर्ष समितिले फिर्ता लियो हड्ताल, यातायात बन्द जारी ।
– नेकपा ९एकीकृत समाजवादी०का केन्द्रीय सदस्यसहित एक दर्जन नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा एमालेमा फर्किए ।
– नवलपुरमाको देवचुली नगरपालिका(१७ मा ट्रमा सेन्टर स्थापनाका लागि ६ सय ४६ रुख काटिने ।
– ओली र देउवाको फोनपछि अध्यादेश अध्ययन गर्न जसपा नेपालले बनायो कार्यदल ।
– सुनको मूल्य आज १९ सय रुपैयाँले बढ्यो ।
– नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जीएसपी प्रमाणपत्र ।
-विधानमा भएको नीतिगत त्रुटि सच्याउन अखिल क्रान्तिकारीका ६ प्रदेश अध्यक्षको माग, कार्यक्रम बहिष्कार गर्ने चेतावनी ।
– माघमै फुल्यो दामनमा लालीगुराँस ।
– अबदेखि बिरामीको एउटै परीक्षण अस्पतालैपिच्छे दोहोर्‍याउनु नपर्ने ।
– प्रेस चौतारीले मनायो २७औँ स्थापना दिवस ।
– पाथीभरामा केबलकार परियोजनाविरुद्धको विरोधप्रति निजी क्षेत्रका तीन संगठनले गरे ध्यानाकर्षण , लगानीकर्तामा नकारात्मक सन्देश जाने जिकिर ।
– कैलालीमा साढे पाँच लाख बराबरका अवैध आइफोन बरामद ।
– भाटभाटेनी कर छली प्रकरणमा हचुवा अनुसन्धान भएको भन्दै न्यायाधीश चुडालको १८ बुँदे फरक मत ।
– सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शन ।
– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीका निवर्तमान पदाधिकारीलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने प्रस्ताव अस्वीकृत ।
– सन् १९४७ को त्रिपक्षीय सम्झौताले नेपालीलाई अन्यायमा पारेको भन्दै ब्रिटिस गोर्खा भूतपूर्व सैनिकले काठमाडौंमा लालटिन जुलुस निकाल्यो ।
– सेयर बजारमा दोहोरो अंकको गिरावट,कारोबार रकम ८ अर्बमा झर्‍यो ।
– सुनको मूल्य १ लाख ६४ हजार ७०० कायम , तोलामा १ हजार ९ सयले बढ्यो मूल्य ।
– अनलाइन व्यापारसम्बन्धी कानून अन्तिम चरणमा( मगाएको सामानमा चित्त नबुझे उजुरी दिन पाईने ।
– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को फेक इमेल बनाएर ठगीमा संलग्न दुई जना पक्राउ ।
– हलेसी तुवाचुङमा घरेलु मदिरालाई औद्योगिकीकरण गर्न प्रवर्द्धनको काम थालियो ।
– अब अत्यावश्यक परेकाले तत्काल स्मार्ट लाइसेन्स पाईने ।
– हेटौंडा–काठमाडौं रुटमा थपिए ३० विद्युतीय माइक्रो ।
– जुम्लाको चन्दननाथ नगरपालिका– ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट ।
– नेपाल टेलिकमको भीओवाईफाई सेवा सञ्चालनमा ।
– समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला फागुन पहिलो साता काठमाडौंमा हुने ।
– जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएपछि ‘फरार’ रहेका सिराहाको लहान नगरपालिका– २४ गोविन्दपुरका वडासदस्य करिब ४५ वर्षीय भोगी भनिने भोगिन्दर पासमान १४ वर्ष कैद सजाय भुक्तानका लागि कारागार चलान ।

Advertisement

– १० हिमाली जिल्लामा छात्रावास निर्माण गरिने ।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एकजना महिला पक्राउ ।
– जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु ।
-आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट नौ जना पक्राउ ।
– धरानमा रोकी राखेको कारमा फेला पर्‍यो ४१० किलो गाँजा ।
– विदेशबाट बोलाएर नेपालमा यौन व्यवसाय, युगान्डाकी महिलालाई १० वर्ष कैद ।
– कैलालीको लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा बस दुर्घटना हुँदा चार जना घाइते ।
– नेपाली संगीतकर्मीको साझा थलोका रूपमा चिनिँदै आएको ‘पलेँटी’ फेरि सुरू ।
– जनकपुर साहित्य महोत्सव बिहीबारदेखि ।
– ‘पुष्पा २’ अभिनेता जगपति बाबु काठमाडौंमा, कीर्तिपुरमा ‘मिराई’को छायांकन सकेर भारत फर्किए ।
– तुलसी घिमिरे निर्देशित ुपहाडुको छायाङ्कन सुरू ।
– महिला टी(२०आई शृंखलामा लगातार चौथो हारसँगै नेपाल उपाधिको होडबाट बाहिर , थाइल्याण्डसँग ५ रनले पराजित ।
– विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिन हिँडेका खेलाडीहरूलाई बिदाई ।
– पोखरा रंगशालामा सुरु भयो २४औं आहारारा पोखरा गोल्डकप , उदघाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्दै ।

स्रोत : विभिन्न एजेन्सी तथा अनलाइनहरु

विश्व क्यान्सरविरुद्धको दिवसमा र्‍याली
विश्व क्यान्सरविरुद्धको दिवसका अवसरमा मङ्गलबार चितवनको भरतपुरमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गरेको पैदलयात्रा कार्यक्रमका सहभागीहरु ।

तस्बिर : सनद अधिकारी र रासस

प्रतिक्रिया