बुधबार, वैशाख १२, २०८१

कोरोना भाइरस : प्रदेश नं २ मा छ हजार निको, कर्णालीमा २८ सङ्क्रमित थप

नेपालखोज २०७७ भदौ २४ गते २०:१२

जनकपुर । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १६९ नयाँ सङ्क्रमित थपिएका छन् । यससमेत गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ५३९ पुगेको छ ।

तीमध्ये ५८ जना उपचार गराई आज निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म पाँच हजार ९४१ जना निको भएर घर फर्केका छन् । प्रदेशअन्तर्गत १७३ क्वारेन्टिनमा आजसम्म ४९४ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७००, आइसोलेशनमा ९१५ र होम आइसोलेशनमा चार हजार ५७७ जना बसेका छन् । केही दिनदेखि क्वारेन्टिन र आइसोलेशनमा बस्नेको सङ्ख्या क्रमिक रुपमा घट्दै गइरहेको छ र होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

त्यस्तै, कर्णाली प्रदेशमा कोभिड(१९ का २८ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा २८ जना गरेर अहिलेसम्मको सङ्क्रमितको सङ्ख्या दुई हजार ७१९ पुगेको छ ।

कर्णालीका विभिन्न स्थानमा गरिएको परीक्षणमा थपिने सङ्क्रमितहरू सुर्खेतको वीरेन्द्रनगरका १७ जना, रूकुम पश्चिम चार जना तथा सल्यान र दैलेखका दुई÷दुई जना रहेका छन् । त्यस्तै जाजरकोट, मुगु र चितवनका एक÷एक जना सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेहरूको सङ्ख्या १४ जना रहेको भने प्रदेशभर कुल डिस्चार्ज हुने दुई हजार ३५४ जना रहेका छन् । प्रदेशभर सक्रिय सङ्क्रमित ३५९ जना रहेका छन् । हालसम्म कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण छ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया