कालापानीसँग भूमि साट्ने प्रस्ताव मैले कहीँ पनि गरेको छैन : प्रधानमन्त्री
नेपालखोज
२०८० जेठ २२ गते १२:३२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कालापानीसँग भूमि साट्ने प्रस्ताव आफूले कहीँ कतै पनि नगरेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री आफैँले सीमाको विषयमा प्रष्टसँग कुरा उठाएको बताएका हुन् ।
उनले भने, ‘मैले कहीँ पनि विकल्प यो हुन्छ भनेर प्रस्ताव गरेको छैन । प्रष्ट होस् । कहीँ कोही कम्फ्युजन नहोस् । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा प्रष्ट छु । मैले त्यही अनुसार भूमिका खेलेको छु ।’
चार दिने भारत भ्रमण उपलब्धिमूलक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया