शुक्रबार, वैशाख १४, २०८१

बाग्लुङमा चट्याङ लागेर एक युवाको मृत्यु

नेपालखोज २०७७ भदौ २५ गते ९:२७

बाग्लुङ । चट्याङले लागेर बाग्लुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो ।

मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले जानकारी दिए ।

चट्याङके उनको घरमा पारेको थप क्षतिको विवरण आउन बाँकी छ। उनको शवलाई पोष्टमार्टमपछि आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया