शनिबार, वैशाख ८, २०८१

सिरहामा ५९ कैदीबन्दीमा कोरोना संक्रमण

नेपालखोज २०७७ भदौ २५ गते ९:४८

सिरहा । सिरहामा हिजो कोरोना पुष्टि भएका ६७ जनामध्ये ५९ जना कैदीबन्दी रहेका छन् । बाँकी सात जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीय छन् ।

सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना देखिएको हो । उनीहरूको हिजो पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

पछिल्लो ३ दिनमा सिरहामा १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै सिरहामा सक्रिय संक्रमितको संख्या २ सय ६५ पुगेको छ । हालसम्म ३ सय ५५ जना निको भएर घर फर्किसकेका छन् ।

१० जनाको कोरोनाले मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालयका अनुसार समुदाय स्तरमै कोरोना फैलिसकेको छ । संक्रमित थपिँदै गएपछि आइसोलेसन बेडको अभाव हुने देखिएको छ

प्रतिक्रिया