शुक्रबार, वैशाख १४, २०८१

शिखर इन्स्योरेन्सको हकप्रद शेयरधनीहरुको हितग्राही खातामा

नेपालखोज २०७७ भदौ २५ गते १४:२४

काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रद शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो । यो शेयर हितग्राही खातामा जम्मा हुनु अगावै भदौ १४ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो ।

कम्पनीले गत असार १४ गतदेखि साउन ४ गतेसम्म उक्त हकप्रद शेयर विक्री गरेको थियो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३७ करोड ४५ लाख ३ हजार पुगेको छ ।

प्रतिक्रिया