बिहीबार, चैत १५, २०८०

बिहीबार साँझ ५ बजेसम्म शेयर बजार खुल्ने

नेपालखोज २०७७ भदौ २५ गते १४:४३

काठमाडौं । शेयर बजार बिहीवार साझ ५ बजेसम्म खुल्ने भएको छ । नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या देखिएपछि बिहीवार करिब २ घण्टा बजार बन्द भएपछि साझा ५ बजेसम्म कारोबार खुला गर्ने नेप्सेले जानकारी दिएको हो । बिहीवार १२ बजेर १९ मिनेटदेखि कारोबार रोकिएको थियो । नेप्सेले जारी गरेको सुचनामा २ः१५ बजेदेखि साझ ५ बजेसम्म कारोबार सुचारु गर्ने जानकारी दिएको छ । नेप्सेले प्राविधिक समस्याबाट प्रभावित बनेको करिब २ घण्टाको अवधि थप गरेर बिहीवार बजार खुला गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

प्रतिक्रिया